राजनीति


उपभोक्ता ठगिने अवस्थाको अन्त्य हुन सकेन : कानुनमन्त्री गुरुङ

उपभोक्ता ठगिने अवस्थाको अन्त्य हुन सकेन : कानुनमन्त्री गुरुङ

नेपालखबर
भदौ २६, २०८० मंगलबार २२:२, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपभोक्ता ठगीने अवस्थाको अन्त्य हुन नसकेको बताएका छन्। नेपाली उपभोक्ता संरक्षण महासङ्घको दोस्रो साधरणसभाको आज उद्घाटन गर्दै उहाँले जति बजार अनुगमन गरे पनि नेपाली उपभोक्ता सधैँ ठगिनुपर्ने अवस्था सिर्जना भएको बताए। 

उनले चाँडै धनी बन्ने अभिलाषा बोकेर व्यापार गर्दा उपभोक्ता ठगीमा परेको बताए। ठगी गर्ने व्यापारीलाई सरकारले कारबाही गर्ने मन्त्री गुरुङको भनाइ थियो। उनले शुद्ध मन नभएसम्म सुधार हुन नसक्ने तर्क गरे।

कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्र साउदले उपभोक्ता संरक्षण महासङ्घ राष्ट्रिय प्रकृतिको संस्था भएकाले राष्ट्रिय ऐनमा दर्ता गर्न सरकारले सहयोग गर्नुपर्ने बताए। उनले महासङ्घलाई सम्बन्धित सबै निकायमा अनिवार्य प्रतिनिधित्वसहित अधिकार सम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउन सक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गर्न सहयोग गर्न सरकासँग आग्रह गरे। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad