ad ad

राजनीति


धरानबाट फर्किएदेखि नै ज्वरो पनि आएको थियो नेम्वाङलाई

राति १ बजे शौचालयमा ढलेर बेहोस भएका थिए
धरानबाट फर्किएदेखि नै ज्वरो पनि आएको थियो नेम्वाङलाई

भदौ २३ मा युवा संघको कोशी प्रदेश सम्मेलन उद्घाटन गर्दै नेम्वाङ


नेपालखबर
भदौ २६, २०८० मंगलबार ११:५, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ कोशी प्रदेशबाट फर्किएदेखि नै बिरामी रहेको खुलेको छ।

एमालेको भ्रातृ संगठन युवा संघ नेपालले धरानमा यही भदौ २३ गते गरेको प्रदेश सम्मेलनमा सहभागी भएर फर्किएका उनलाई सोमबार बिहानदेखि नै ज्वरो आएको थियो।

ज्वरो आएपछि उनलाई श्रीमतीले अस्पताल गएर जँचाउन आग्रह गरेकी थिइन्।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङ कोशीबाट फर्किएदेखि अस्वस्थ रहेको खुलेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले बताएअनुसार नेम्वाङले ज्वरो आए पनि घरमै आराम गर्छु भनेका खुलेको छ।

‘उहाँ पूर्वदेखि फर्किएलगत्तै ज्वरो आएको रहेछ’, मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले बताएको उद्धृत गर्दै किरातीले भने, ‘बिहानैदेखि आउँदा आउँदै ज्वरो आएको थियो। घरैमा सामान्यत: निको हुन्छ भनेर बस्नु भएको रहेछ। श्रीमतीले अस्पताल जाऊँ भन्दा डाक्टरले नै पर्दैन भनेका घरमै आराम गर्छु भन्नु भएको रहेछ। राति १ बजे उहाँ शौचालय जाँदा त्यहीँ ढल्नु भएको रहेछ।’

नेम्वाङको अन्त्येष्टि उनका छोराहरु विदेशबाट फर्किएपछि मात्रै हुने उनले बताए। किरातीका अनुसार एकजना छोरा आजै आइपुग्दैछन् भने अर्का भोलिसम्म आइपुग्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .