ad ad

राजनीति


गृहमन्त्रीले भने- समाजवाद उन्मुख संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी

गृहमन्त्रीले भने- समाजवाद उन्मुख संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी

नेपालखबर
भदौ २६, २०८० मंगलबार ९:४२, काठमाडौँ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन्।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् नेम्वाङको निधनले सिंगो देश शोकाकूल बनेको उल्लेख गरेका छन्। 

‘स्तब्ध छु। अवाक भएको छु। संविधानसभाका अध्यक्ष, नेपालको वाम लोकतान्त्रिक आन्दोलनका एक वरिष्ठ नेता एवं नेकपा एमालेका उपाध्यक्ष क. सुवास नेम्वाङको दुःखद् निधनबाट सिङ्गो देश शोकाकूल भएको छ,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले नेम्वाङलाई हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेका छन्। 

‘नेपालमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई संविधानमा संस्थागत गर्न उहाँले संविधानसभाको अध्यक्षका रुपमा खेल्नु भएको नेतृत्वदायी भूमिका सदाका लागि स्मरणीय रहनेछ,’ श्रेष्ठले भनेका छन्, ‘उहाँका सद्गुणहरु सबैका लागि प्रेरक र अनुकरणीय रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .