ad ad

राजनीति


कांग्रेस ‘रुपान्तरण अभियान’को आचारसंहिता– महंगो होटलमा नबस्ने, मदिरा सेवन नगर्ने

कांग्रेस ‘रुपान्तरण अभियान’को आचारसंहिता– महंगो होटलमा नबस्ने, मदिरा सेवन नगर्ने

नेपालखबर
भदौ २४, २०८० आइतबार २१:४३, काठमाडौँ

नेपाली कांग्रेसभित्र सञ्चालित पार्टी रुपान्तरण अभियानको दोस्रो चरणको कार्यक्रम सुरुवात गरिएको छ। आइतबार काभ्रेको धुलिखेलबाट सो अभियानको दोस्रो चरणको कार्यक्रम प्रारम्भ भएको हो। 

कांग्रेसले मंसिरमा बोलाएको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसाबले रुपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने लक्ष्य बोकेको यो चरणको कार्यक्रम मुलुकको ७७ वटै जिल्ला, १६५ प्रतिनिधिसभा क्षेत्रमा पुग्ने बताइएको छ। 

आइतबार जारी भएको आचारसंहितामा जिल्लाको भ्रमणमा जाँदा महंगो होटेलमा नबस्ने, पार्टी सदस्यहरुको घरपरिवारमा बस्ने, तडकभडक खर्चिलो यात्रा नगर्ने, माला–खादाको प्रयोग नगर्ने, मदिरा सेवन नगर्ने, तोकिएको समय मै कार्यक्रम आरम्भ गर्ने, विषयकेन्द्रित मन्तब्य राख्ने लगायतका विषयहरू समावेश छन्।

बीपी कोइरालाको  १०औँ जन्मजयन्ति पारेर राखिएको कार्यक्रममार्फत अभियानमा संलग्न अभियन्ताहरूले आफ्नो ८ बुँदे आचारसंहिताको घोषणा गरेका हुन्। 

सहभागी सबैलाई सीके प्रसाई लिखित ‘आजको सरल राजनीति’ र जिनाईन जातको केराको विरुवा हस्तान्तरण गरेर सुरु गरिएको कार्यक्रममा सहभागीहरूले पार्टी रुपान्तरण र पार्टीले अब अवलम्बन गर्नुपर्ने नीति एवं विधि सम्वन्धी कविता समेत वाचन गरेका थिए।

कार्यक्रमलाई केन्द्रीय सदस्य मधु आचार्य, डा. गोविन्दराज पोखरेल, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, भरत बहादुर खड्का, जगदीश्वर नर्सिंग केसी, रंजित कर्ण, रिता साही, नरेन्द्र कुमार केरुंग, डा. सीता घिमिरे, विजुला वर्मा, अच्युत पौडेल, महेश खरेल लगायतले सम्बोधन गरेका थिए। 

वक्ताहरूले पार्टीको सही र शीघ्र रुपान्तरणले मात्र कांग्रेसलाई जनताको पार्टी बनाउने दाबी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .