ad ad

राजनीति


प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय बैठक

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय बैठक

फोटो : प्रदीपराज वन्त


नेपालखबर
भदौ २४, २०८० आइतबार १०:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका विषयमा अहिले सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व परराष्ट्रमन्त्रीहरूसहितको सर्वदलीय बैठक भइरहेको हो।

सिंहदरबारमा जारी सर्वदलीय बैठक। तस्बिर : प्रदीपराज वन्त
 

बैठकमा पूर्वप्रधानमन्त्रीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, रास्वपाका उपसभापति डोलप्रसाद आर्याल, पूर्वपरराष्ट्रमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी  र रमेशनाथ पाण्डेलगायत सहभागी छन्। 

प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .