ad ad

समाज


पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८० आइतबार १०:५५, बाजुरा

शनिबारदेखिको वर्षाका कारण बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। अम्कोटमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। 

सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए। अम्कोटमा लगातार पहिरो झर्न थालेकाले पन्छाउन सम्भव नभएको उनले बताए।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ। 

वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए। पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै रोकिँदा यात्रुको बिचल्ली भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .