ad ad

राजनीति


जनता र राष्ट्रको पक्षमा काम गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री

जनता र राष्ट्रको पक्षमा काम गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री

नेपालखबर
भदौ २३, २०८० शनिबार १५:१०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता र राष्ट्रको पक्षमा काम गर्ने संकल्प लिएको बताएका छन्।

गोरखाको अजिरकोट गाउँपालिकाद्वारा शनिबार भच्चेकमा आयोजित स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्ड शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुगेका हुन्।

वाग्लेको स्मृति सभामा सहभागी भएसँगै प्रधानमन्त्री प्रचण्ड अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए। 

साथै, प्रधानमन्त्री प्रचण्डले अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .