ad ad

राजनीति


गृहमन्त्रीलाई कांग्रेसको प्रश्न : काठमाडौंमा एक्लै हिँड्न नमिल्ने अवस्था आएको हो?

गृहमन्त्रीलाई कांग्रेसको प्रश्न : काठमाडौंमा एक्लै हिँड्न नमिल्ने अवस्था आएको हो?

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८० बिहिबार १३:३८, काठमाडौँ

सह-महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि बुधबार भृकुटीमण्डपमा भएको खुकुरी प्रहारको घटनालाई लिएर नेपाली कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाबारे प्रश्न उठाएको छ।

राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा उपचाररत यादवमाथिको आक्रमणलाई लिएर कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री श्रेष्ठसँग प्र्न सोधेको हो। 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबार बसेको संसद् बैठकमा विषय समय लिएर बोल्दै यादवमाथिको आक्रमण प्रकरणमा गृहमन्त्री र प्रधानमन्त्रीसँग जवाफ मागेका हुन्। 

‘महेन्द्र यादवले कसैलाई मन नपरेका कुरा बोल्दैमा आक्रमण गर्न मिल्छ? हामी हिंसा जायज भन्ने कुरामा लाग्छौँ भने यो गलत छ। समाजवादमा असन्तुष्टि छ तर हिंसालाई प्रोत्साहन दिन पाइँदैन’, उनले भने, ‘हामी धेरै संघर्ष र सकसबाट बाहिर आएका हौँ। असन्तुष्टिलाई सम्बोधन गर्नेभन्दा अराजकत मच्चाउने काम भइरहेको छ।’

थापाले मान्छे मर्‍यो भन्ने चिन्ता भन्दा काल पल्क्यो भन्ने कुरा ठूलो भएको बताए। 

‘यस्ता अराजकतालाई बढावा दिँदा समाजले ठूलो मूल्य चुकाउनुपर्छ। म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो?’, उनले भने, ‘कोही जलाइदिन्छु भन्छ, कोही धम्की दिन्छ। हामी एक्लै हिँड्न नहुने भइसकेको हो? प्रधानमन्त्रीले ठाउँ ठाउँमा बोलेको सुनिरहेको छु, यसलाई छाडिने छैन भनेर, जिम्मा लिनेले बोल्ने होइन काम गर्ने हो। हामीलाई परिणाम चाहिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .