ad ad

कारोबार


डिशहोम फाइवरनेटको सेवा पोखराको पामेमा

डिशहोम फाइवरनेटको सेवा पोखराको पामेमा

नेपालखबर
भदौ २१, २०८० बिहिबार १३:४२, काठमाडौँ

पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ। आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगाएत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधैं तत्पर रहेको कम्पनीले जनाएको छ।

ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको कम्पनीले दाबी गरेको छ।

पामेमा ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन्। कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइवरनेट नै पामेका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ।

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .