राजनीति


एमाले लुम्बिनी : सहमति नजुटेपछि आजै राति ८ बजेदेखि मतदान, रिजाल र कँडेल मैदानमा

एमाले लुम्बिनी : सहमति नजुटेपछि आजै राति ८ बजेदेखि मतदान, रिजाल र कँडेल मैदानमा

एमाले लुम्बिनी अध्यक्षका दाबेदारहरु। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ १८, २०८० सोमबार १८:६, रुपन्देही

नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अन्तत: चुनाव हुने भएको छ।

यससँगै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन अलपत्र परेको छ।

दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन। सर्वसम्मत हुन नसकेपछि सोमबार राति ८ बजेदेखि मतदान हुने भएको छ। 

अहिले साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ। त्यसपछि राति ८ बजेदेखि मतदान सुरू गरिने निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले बताए। 

प्रदेश अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेल चुनावी मैदानमा छन्। उनीहरूबीच सहमति हुन नसकेपछि चुनावबाट नयाँ नेतृत्व तय गर्न लागिएको हो। 

प्युठानका रिजाललाई महासचिव शंकर पोखरेल र पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad