ad ad

राजनीति


एमालेको लुम्बिनी प्रदेश अधिवेशन : अध्यक्षका उम्मेदवार रिजालविरूद्वको उजुरी खारेज

एमालेको लुम्बिनी प्रदेश अधिवेशन : अध्यक्षका उम्मेदवार रिजालविरूद्वको उजुरी खारेज

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८० सोमबार १७:२५, काठमाडौँ

बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ। 

प्युठानको नौबहिनी गाउँपालिका-६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नरहेकाले उम्मेदवारी खारेज गर्न मागसहित पाल्पाका राजु श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए। 

उजुरीबारे छानबिन गरेपछि दाबी गलत सावित भएपछि खारेज गरेर रिजालको उम्मेदवारी कायम गरिएको निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले बताए।

एमालेमा केन्द्रीय सदस्यको सदस्यता विवरण केन्द्रमा रहने व्यवस्था भएको र त्यही व्यवस्था अनुसार रिजालको सदस्यता केन्द्रमै रहेको एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारले बताए। 

छानबिन गर्दा रिजालको १७२५ नम्बरको संगठित सदस्यता प्युठानको नौबहिनी गाउँपालिका-६ बाट नवीकरण गरेको पाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .