ad ad

राजनीति


राष्ट्रियसभामा प्रदेश २ बाट नेकपाको विजयी सुरुवात, महिलातर्फ तुलसा दाहाल विजयी

राष्ट्रियसभामा प्रदेश २ बाट नेकपाको विजयी सुरुवात, महिलातर्फ तुलसा दाहाल विजयी

शैलेन्द्र महतो
माघ ९, २०७६ बिहिबार ११:२०,

राष्ट्रियसभाको निर्वाचनको मतदान सम्पन्न भएको केही समयमै प्रदेश २ मा मतगणना जारी रहेको छ।

 महिला, दलित, अल्पसंख्यक र अन्य लगायत चार पदको लागि भएको चुनावमा सुरुमा महिलातर्फको मतगणना सम्पन्न भएकाे छ। महिलातर्फ राजपा र नेकपा गठबन्धनकी  तुलसा दाहाल विजयी भएकी छन्। 

नेकपाबाट उम्मेदवार बनेकी दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई पराजित गरेकी हुन्।दाहालले कुल ५२०८ मतभार प्राप्त गरेकी छन् भने कांग्रेसकी यादवले ४६४० मतभार प्राप्त गरिन्।

 त्यसपछि क्रमशः दलित, अल्पसंख्यक र पछि अन्यको मतगणना हुने निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए। उनका अनुसार राति ९ बजेसम्म मतगणना सम्पन्न हुन्छ।

प्रदेश २ मा राष्ट्रियसभाका चार सदस्यका लागि भएको निार्चनमा ८ जनाले उम्मेदवारी प्रतिस्पर्धामा छन्।

निर्वाचनमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी उम्मेदवारी दिएका थिए।

 दलित एक पदका लागि हुने चुनावको लागि नेकपाको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान प्रतिष्पर्धा छन्।

अल्पसंख्यक १ पदको लागि नेपाली कांग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह र अन्य १ पदको लागि समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह प्रतिस्पर्धामा रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .