ad ad

राजनीति


एमालेमा कुनै गुट जन्मन र हुर्कन दिँदैनौं : विष्णु पौडेल

एमालेमा कुनै गुट जन्मन र हुर्कन दिँदैनौं : विष्णु पौडेल

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०८० शनिबार १६:१५, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा गुटबन्दी जन्मन नदिने दाबी गरेका छन्। शनिबार लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले गुट र पार्टी एकैसाथ अघि बढ्न नसक्ने बताए। 

‘जहाँसम्म पार्टीभित्र गुटको कुरा छ। दुईवटा चिज एकैपटक सँगै सँगै अघि बढ्न सक्दैन। पार्टी र गुट भनेका विपरित विशेषताहरु हुन। तपाईं यदि गुट निर्माण गर्दै हुनुहुन्छ भने पार्टी कमजोर बनाउँदै हुनुहुन्छ,’ पौडेलले भने, ‘यदि तपाईं पार्टी निर्माण गर्दै हुनुहुन्छ भने बुझ्नुस् तपाई गुटलाई समाप्त पार्दै हुनुहुन्छ। यो गुट र पार्टी सधैं अघि जान सक्दैन।’

६ वर्षपछि भएको प्रदेश अधिवेशनमा लुम्बिनीमा महासचिव शंकर पोखरेल र विष्णु पौडेलबीच कार्यकर्ताहरू विभाजित भएकोमा आपत्ति जनाउँदै उनले त्यस्ता रंगिन समाचारहरूको पछि लाग्न नहुने बताए। 

‘हामी कुन बाटो हिँड्ने? हामी पार्टी निर्माण गर्ने र गुट जन्मन नसक्ने बाटो हिँड्नुपर्छ। हाम्रो पार्टीमा गुट जन्मिन्न। गुट हुर्कन दिँदैनौं,’ पौडेलले भने, ‘नेकपा एमालेभित्र गुटबन्दीको प्रचार गरेर जुन प्रसार गरिन्छ, यस प्रकारका रंगिन समाचारबाट तपाईंहरु तरगित नहुनुहोला।’

पार्टी नेतृत्व उमेरको नभइ विचारको प्रश्न रहने उनले बताए। 

‘नेतृत्वको प्रश्न उमेरको होइन, विचारको हो। नीतिको प्रश्न हो। समकालिन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति कसरी बुझ्नसक्छ भन्ने हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .