ad ad

राजनीति


शंकर पोखरेलले भने- म र विष्णु पौडेल एमाले बलियो बनाउन सधैं रहन्छौं

शंकर पोखरेलले भने- म र विष्णु पौडेल एमाले बलियो बनाउन सधैं रहन्छौं

नेपालखबर
भदौ १६, २०८० शनिबार १५:३८, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र विष्णु पौडेल लुम्बिनीमा मात्रै नभई राष्ट्रिय र एमालेलाई बलियो बनाउने सधैं एकसाथ रहने बताएका छन्। 

शनिबार लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरुबीच कुनै समस्या नभएको बताए। लुम्बिनीमा एमाले प्रदेश अधिवेशनको तयारी भइरहँदा यी दुई नेताहरूबीच गुटबन्दी सुरु भएका समाचारहरु बाहिरिएका थिए। त्यसतर्फ संकेत गर्दै उनले केही दिनयता केही मिडियामा आएका अनावश्यक टिप्पणीको कुनै अर्थ नभएको बताए। 

लुम्बिनी प्रदेशमा एकतावद्ध ढंगले अघि बढ्न शुभकामना दिँदै उनले आफ्नो पार्टी र नेतृत्वकाबीचमा घेराबन्दी भइरहेको बताए। 

‘लुम्बिनी प्रदेशको मामिलामा मात्र होइन, राष्ट्रिय मामिलामा, नेकपा एमालेलाई बलियो पार्ने मामिलामा कमरेड विष्णु पौडेल र शंकर पोखरेल एकसाथ रहनेछौं,’ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको शुभकामना दिँदै उनले सो कुरा बताएका हुन्। 

उनले अध्यक्ष केपी ओलीमाथि प्रहार गरेर एमालेलाई कमजोर बनाउन कसैले सोचेको भए तयो मनसाय आफूहरुले पूरा गर्न नदिने बताए। 

नेतृत्वको विकल्पको बहस सुरु भएको बताउँदै उनले एमालेतिर तेस्र्याएर प्रश्न गर्नुको कुनै अर्थ नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .