ad ad

राजनीति


माओवादीले भन्यो : एमसीसीबारे व्याख्यात्मक घोषणा कार्यान्वयन नभए अप्ठ्यारो पर्छ

माओवादीले भन्यो : एमसीसीबारे व्याख्यात्मक घोषणा कार्यान्वयन नभए अप्ठ्यारो पर्छ

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १४:१४, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता कार्यक्रम एसीसीबारे नेपालको संसद्ले पारित गरेको १२ बुँदै व्याख्यात्मक घोषणा कार्यान्वयन नभए अप्ठ्यारो पर्ने बताएको छ।

माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।

बिहीबारदेखि एमसीसी कार्यान्वयनको चरणमा गइसकेका बेला अझै पनि उक्त १२ बुँदे व्याख्यात्मक घोषणाको हैसियतबारे प्रश्न उठ्न छाडेको छैन।

उक्त परियोजना सम्झौता कार्यान्वनका लागि एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्ड नेपालमै रहेका बेला माओवादीले १२ बुँदे घोषणा दुई देशबीचको सम्झौताको मुख्य अंश हुनुपर्ने अडान राखे। 

‘एमसीसीबारे १२ बुँदै व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्छ। संसद्ले पास गरेको विषय भएकाले प्रष्ट रुपमा संस्थागत रुपमा औपचारिक रुपमा मुख्य सम्झौताको अंग बन्नुपर्छ, अनि मात्रै कार्यान्वन हुन सजिलो हुन्छ। व्याख्यात्मक घोषणा सम्झौताको अंग हुनुपर्छ। त्यसो हुन नसके अप्ठ्यारो पर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .