ad ad

राजनीति


हाम्रो चुच्चे नक्सा बुच्चे बनाइएकोबारे प्रधानमन्त्रीले चीनसँग कुरा गर्नु हुन्छ : अग्नि सापकोटा

हाम्रो चुच्चे नक्सा बुच्चे बनाइएकोबारे प्रधानमन्त्रीले चीनसँग कुरा गर्नु हुन्छ : अग्नि सापकोटा

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १४:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेपालको चुच्चे नक्सा बुच्चे बनाएको विषयमा आगामी भदौ अन्तिममा हुने भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग कुरा उठाउने  बताएका छन्। 

भारतको अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर जारी गरेको नक्साको चुच्चे भाग गायब हुने गरी चीनले नयाँ नक्सा निकालेको सन्दर्भमा सापकोटाले यस्तो बताएका हुन्। 

नेपालले २०७७ जेठ ७ गते निकालेको उक्त नक्साको चुच्चो भाग अहिले चीनले निकालेको उसको नक्साबाट गायब गरिएपछि विरोध भइरहेका बेला सापकोटा बोलेका हुन्। 

‘चीनले जारी गरेको नक्साबारे किन त्यस्तो भयो? के कसरी भयो? हाम्रो धेरै महत्वपूर्ण विषयलाई नसमेटेकोमा कूटनीतिक माध्यमबाट कुरा गर्छौँ’, उनले भने, ‘चुच्चे नक्साबारे पहिलेको सरकारले पनि चीनलाई जाकारी दिउको भन्नेछ। चुच्चे नक्सा हराएकोबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनसँग कुरा राख्नु हुन्छ।’

अगस्ट २१ मा चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गर्दा छिमेकी नेपाललाई बुच्चे देखाइएको थियो।

त्यसलाई लिएर भारत र चीन दुवै नेपालका मिचाहा छिमेकी भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। यसबारेमा अहिलेसम्म सरकारले औपचारिक धारणा पनि सार्वजनिक नगरेको अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .