ad ad

राजनीति


केपी ओलीले भारतबाट मुर्रा भैंसी ल्याउन नसकेका रहेछन् : प्रचण्ड

केपी ओलीले भारतबाट मुर्रा भैंसी ल्याउन नसकेका रहेछन् : प्रचण्ड

नेपालखबर
भदौ १४, २०८० बिहिबार १६:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे विरोधीहरूले अपमानित हुनेगरी प्रचार गरेको गुनासो गरेका छन्। 

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै सो गुनासो गरेका हुन्। 

‘विरोधीहरूले केही गरेन, १०/१५ वटा मुर्रा भैंसी ल्यायो भने। मुर्रा भैंसी त केपीहरूले ल्याउन नसकेका रहेछन्। मैले सुरु गरेको होइन्,’ उनले भने, ‘मुर्रा ल्याउनु त नेपाली किसानका लागि जरुरी कुरा हो। त्यस्तो भनेर अपमानित गर्ने कोसिस गरियो।’

साथै, उनले समाजवादी मोर्चा बनेकै दिन अनेक षडयन्त्र सुरु भइसकेको बताए। 

‘उनले समाजवादी मोर्चा बनेकै दिन अनेक षडयन्त्र सुरु भएको छ। यसका विरुद्ध धुप हाल्ने प्रयास भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .