ad ad

राजनीति


रास्वपाले फिर्ता लियो संसदीय समिति सभापतिमा दिएको उम्मेदवारी

रास्वपाले फिर्ता लियो संसदीय समिति सभापतिमा दिएको उम्मेदवारी

नेपालखबर
भदौ ११, २०८० सोमबार १५:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। 

उद्योग तथा वाणिज्य समितिमा रास्वपाले उम्मेदवारी दिएको थियो। रास्वपाले गणेश पराजुलीलाई उम्मेदवार बनाएको थियो।

तर, उक्त उम्मेदवारी फिर्ता लिने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले नेपालखबरलाई जानकारी दिए। 

‘हामीले फिर्ता लियौं,’ परियारले भने। 

उनका अनुसार अनमत पार्टीका उम्मेदवार पनि केही गर्छु भनेर राजनीतिमा आएकोले निर्विरोध उनलाई काम गर्न दिने सहमति पार्टीभित्र भएको हो।

‘हामी जुन प्रवृत्तिबाट भागबन्डा भएको थियो त्योप्रति सुविधा हो। अब्दुलजी नयाँ केही गर्छु भनेर आउनुभएको छ उहाँको विरुद्धमा जानुभन्दा एउटा संसदीय प्रकियायमा जाऔं भनेर फिर्ता लिएका हौं,’ परियारले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .