ad ad

राजनीति


कोशीमा सत्ता गठबन्धनले संविधानमाथि निर्घात आक्रमण गर्यो : एमाले

कोशीमा सत्ता गठबन्धनले संविधानमाथि निर्घात आक्रमण गर्यो : एमाले

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार १६:५२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशमा बहुमत जुटाउने नाममा सत्ता गठबनधनले संविधानमाथि निर्घात आक्रमण गरेको आरोप लगाएको छ।

बुधबार बसेको संसद् बैठकमा एमाले सचिव योगेश भट्टराईले कोशी प्रदेशमा सत्ता गठबन्धनले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाए।

‘केही दिनअगाडि सभामुखलाई हस्ताक्षर गरेर सरकार बनाउने कामलाई अदालतले असंवैधानिक भनिसकेको छ। तर फेरि अहिले सभाध्यक्षमा बसेको व्यक्तिले मत दिँदैछन्। निर्णायक भयो भनेमात्रै सभाअध्यक्षले मत दिने हो’, उनले भने, ‘आफैँ सभामुखको कुर्सीमा बसेर आफैँ मतदान गर्न जानु संविधानमाथिको हस्तक्षेप र निर्घात आक्रमण गरियो।’

सत्ता गठबन्धनले आफैँले बनाएको संविधानको रक्षा गर्ने दायित्व भुलेको पनि गुनासो गरे। गठबन्धनलाई संविधानको दायित्व नबिर्सिन पनि आग्रह गरेका छन्। 

कोशीमा पटक पटक भएको घटना नेपालको इतिहासमै निन्दनीय भएको उनले बताए। भट्टराईले फरक प्रसंगमा गत साउन ३ गते बरामद भएको सुन प्रकरणमा एमालेले माग गरेकै बेला उच्चस्तरीय समिति बनाउन तयार भएको भए लामो समय संसद् अवरोध नहुने पनि उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .