ad ad

राजनीति


रवि लामिछानेको प्रश्न : यत्रो समय संसद् कसले, किन बन्द गरेको?

रवि लामिछानेको प्रश्न : यत्रो समय संसद् कसले, किन बन्द गरेको?

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार १६:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले करिब एक महिना संसद्मा भएको अवरोधबारे प्रश्न उठाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले रास्वपाका सभापति लामिछानेले संसद् बन्द गराएकोबारेमा प्रश्न उठाएका हुन्। 

‘यतिका दिनसम्म संसद् किन बन्द भयो ? कसले बन्द गरायो?,’ उनले जवाफ माग्दै सोधे।  

लामिछानेले अब संसद्‍मा अवरोध नगरी सार्वजनिक महत्त्वका विषय, संकटग्रस्त अर्थतन्त्र, निजामती र शिक्षा ऐनमा छलफल हुनुपर्ने बताए।

लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण र बालुवाटारको ललितानिवास हिनामिना प्रकरणमा छानबिन भइरहँदा प्रहरी अधिकारीको सरुवा हुनुमा गम्भीर शंका व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .