राजनीति


असोज ५ गते गठन गर्नेछ सरकारले जाँचबुझ आयोग

असोज ५ गते गठन गर्नेछ सरकारले जाँचबुझ आयोग

नेपालखबर
भदौ ६, २०८० बुधबार १४:९, काठमाडौँ

सुन तस्करी छानबिनका लागि सरकारले आगामी असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने भएको छ। 

बुधबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त सातै दलका प्रमुख सचेतकले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिपत्रअनुसार असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने र त्यही दिनदेखि यसले काम थाल्ने उल्लेख गरिएको छ। 

सो आयोगले हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन, भेपमा राखेर ल्याइएको ९ किलो सुन तस्करीबारे अनुसन्धान गर्नेछ। 

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले सदन खोल्ने पनि सहमति भएको जानकारी दिए।

‘दुईबुँदे सहमतिसँगै उहाँ (एमाले)हरूले अवरुद्ध गर्दै आउनुभएको सदन आजै खुल्छ’, उनले नेपालखबरसँग भने। 

हेर्नुहोस् सहमतिपत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad