ad ad

राजनीति


प्रधानन्यायाधीशको शपथमा उपसभामुखलाई बोलाइएन

गुनासो गर्दै भनिन्- प्रोटोकल त सबैलाई एउटै हुनुपर्‍यो नि!
प्रधानन्यायाधीशको शपथमा उपसभामुखलाई बोलाइएन

नेपालखबर
भदौ ५, २०८० मंगलबार १८:१२, काठमाडौँ

गलबार राष्ट्रपति कार्यालयमा आयोजित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ ग्रहण कार्यक्रमको निम्ता नपाएपछि उपसभामुख इन्दिरा राना मगरले असन्तुष्टि व्यक्त गरेकी छिन्। 

संवैैधानिक परिषद्को सदस्य समेत रहेका उपसभामुख रानाले आफैंले सिफारिस गरेका प्रधानन्यायाधीश श्रेष्ठको शपथ ग्रहण समारोहमा नबोलाएपछि असन्तुष्टि व्यक्त गरेकी हुन्।

संवैधानिक परिषद्ले नै प्रधानन्यायाधीशको नियुक्त गर्नेगर्छ। यसअघि हरिकृष्ण कार्की प्रधानन्यायाधीश हुँदा पनि शपथ ग्रहणमा पनि उनलाई बोलाइएको थिएन। 

‘पहिला मन्त्रीहरुको शपथमा भने बोलाइन्थ्यो। तर आजको शपथ कार्यक्रममा बोलाइएन। नबोलाएपछि किन जाने भनेर गइनँ,’ उपसभामुख रानाले नेपालखबरसँग भनिन्।
 
परिषद्का सबै सदस्यलाई निम्तो हुँदा आफूलाई नभएको भन्दै उनले गुनासो गरिन्। ‘मैले यो कुरालाई वास्ता गरिनँ,’ रानाले भनिन्, ‘ठूला पार्टीका मान्छे हुँदा बोलाउने, तर साना पार्टीका हुँदा नबोलाउने त गर्नुभएन। प्रोटोकल भनेको त समान रुपमा लागू हुनुपर्‍यो नि।’

सभामुखलाई बोलाएर पत्र दिँदा उपसभामुखलाई नबिर्सनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री र उपराष्ट्रपति विदेश जाँदा पनि सभामुखलाई मात्र पठाइएको थियो। सोमबार उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन भ्रमणबाट फर्कँदा पनि आफू विमानस्थलमा नगएको उनले बताइन्। 

‘चिठी दिने चलन नभएको भए म जतिबेला पनि जान्थेँ, तर चिठी दिने चलन रहेछ,’ उनले भनिन्, ‘हिजो पनि सभामुखकोमा पनि चिठी गएको रहेछ, मेरोमा नगएपछि म नगएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .