हङकङको चेउङकङ सेन्टरमा तोडफोड : एक पक्राउ

हङकङको चेउङकङ सेन्टरमा तोडफोड : एक पक्राउ

चेउङकङ सेन्टरको प्रवेशद्वार। तस्बिर : विकिमिडिया


नेपालखबर
भदौ ५, २०८० मंगलबार १८:११, हङकङ

हङकङको व्यस्त शहर सेन्ट्रलस्थित गगनचुम्बी भवन चेउङकङ सेन्टरमा तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ।

२ क्विन्स रोड सेन्ट्रलमा अवस्थित उक्त भवनमा ती व्यक्तिले सुरक्षा घेरा उल्लंघन गर्दै तोडफोड गरेका थिए। मंगलबार बिहान करिब ११ बजे ह्याम्मर प्रयोग गरी तोडफोड गर्दा भवनको भित्तामा टाँसेको धातुको अक्षरमा क्षति पुगेको थियो।

घटना पश्चात् त्यहाँ तैनाथ सुरक्षाकर्मीले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेका प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अपराधमा उनलाई गिरफ्तार गरेका हुन्।

घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

घटनाबाट साइनबोर्डका अक्षरहरूमा क्षति पुगेको छ। घटनास्थललाई सुरक्षाकर्मीले ‘कर्डन अफ’ गरेका छन्।

६८ तलासहितको ९२८ फिट अग्लो उक्त भवन कुनै समयमा हङकङको तेस्रो अग्लो भवनको रूपमा परिचित थियो। उक्त भवन हङकङका अर्बपति लि का सिङले बनाएका हुन्। उनी हाल विश्व अर्बपतिको सूचीमा ३३औँ स्थानमा छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .