ad ad

राजनीति


शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु बदनाम हुनु हो : सभापति लामिछाने

शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु बदनाम हुनु हो : सभापति लामिछाने

नेपालखबर
भदौ ५, २०८० मंगलबार १५:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शीर्ष दलका नेताहरूको साक्षी बस्नु बदनाम हुनु भएको बताएका छन्। 

सिंहदरबारमा मंगलबार दिउँसो बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले सो टिप्पणी गरेका हुन्। 

‘ओलीजी अस्वस्थका कारणले आउनुभएन। शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनु हो। हामी छलफल गर्छौं, भोलिको बैठकबारे हामी सल्लाह गर्दैर्छौं,’ उनले भने। 

शीर्ष नेताहरुले यसअघि कै परम्परा अघि बढाउन थालेको भन्दै उनले त्यो जिम्मा उनीहरूलाई नै छाड्ने पनि बताए। 

‘उहाँहरुले लम्बेतान गर्ने परम्परा छ त्यही गर्नुभएको छ,’ उनले भने। 

मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अन्तिम समयमा सरेको छ। सभाुमख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड व्यस्त हुने भएपछि आजको बैठक सारिएको नेताहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .