साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०१५.९८ अंकले बढेको छ।
आज नेप्से १७.७९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको छ। नेप्से परिसूचक बढेपनि कारोबार भने खुम्चिएको छ।
नेप्सेमा १ अर्ब ३३ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ३७ करोडको कारोबार भएको छ।
१९९८.२८ विन्दुमा खुलेको बजार उत्तारचढाप हुँदै न्यून १९९१ विन्दु र उच्च २०१५.९८ विन्दु पुगेको थियो। कारोबार बन्द हुँदाको विन्दु नै उच्च विन्दु थियो।
लगानीकर्ता बजार २ हजार तल नआउने मनोबल बनाउदा डिमान्ड बढ्न गई बिक्रेता नहुँदा बजार बढेको देखिन्छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूह बढेको छ। त्यसैगरी कारोबारमा आएकामध्ये १८१ कम्पनीको सेयरमूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ। ४ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।
आज कुथुली बुखुरी स्मल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ५ करोड ४१ लाख रुपैयाँको भएको छ।
Shares
प्रतिक्रिया