ad ad

राजनीति


सीआईबीबाट दिउँसो फर्काइएका पूर्वमन्त्री जोशीले दिए बयान

सीआईबीबाट दिउँसो फर्काइएका पूर्वमन्त्री जोशीले दिए बयान

नेपालखबर
भदौ ४, २०८० सोमबार २०:८, काठमाडौँ

सर्वोच्च अदालतको साउन २१ गतेको आदेशपछि पक्राउ पुर्जी जारी गरिएका तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ। 

सोमबार बेलुकी जोशीसँग बयान लिएको उनैले सार्वजनिक गरेका छन्। यसअघि सोमबार बिहानै बयान दिनका लागि सीआईबी कार्यालय पुगेका उनीसँग बयानै नलिई फिर्ता पठाएको उनले बताएका थिए।

त्यस क्रममा उनले सीआईबीको गेट अगाडि उभिएको तस्बिरसमेत सार्वजनिक गरेका थिए।

उनीमाथि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा भूमिका खेलेकाे भन्दै सीआईबीले प्रतिवादी बनाएर अनुसन्धान फाइल सरकारी वकिलकहाँ पठाएको थियो। 

‘अन्ततः बोझबाट हलुका भएको छु। सीआईबीसमक्ष बयान दिएर आइयो। सीआईबीलाई धन्यवाद,’ उनले भनेका छन्, ‘ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ। चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु।’

काठमाडौं जिल्ला अदालतबाट सीआईबीले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय लिएपछि साँझ जोशीको बयान लिइएको हो। 

पूर्वमन्त्रीद्वय विजयकुमार गच्छदार र डम्बर श्रेष्ठको बयान गराउन बाँकी छ। कारागारमा रहेका सञ्जय टक्लाको भने बयान लिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .