ad ad

राजनीति


सभामुखले भने : पटक पटक कोसिस गरेँ, सदन खुलाउन सकिनँ

सभामुखले भने : पटक पटक कोसिस गरेँ, सदन खुलाउन सकिनँ

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार १३:२४, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद्‍को अवरोध खुलाउन निरन्तर कोसिस गरे पनि सफल हुन नसकेको बताएका छन्।

आइतबार सिंहदरबारमा सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतहरुसँगको बैठकका क्रममा उनले यस्तो बताएका हुन्। 

बैठकमा सभामुख घिमिरेले निकासका विकल्प खोजिरहे पनि दलहरुबीच सहमति नबनेसम्म आफूले यसै गर्नुपर्छ भन्ने अवस्था नरहेको पनि उल्लेख गरे।

‘प्रधानमन्त्रीसँग नजिक रहेर निकास दिने कोसिस गरिरहेको छु’, उनले बैठकमा भने, ‘सदनलाई यसरी लामो समय बन्धक राखिरहनु पर्दैन।’

सभामुख घिमिरेले सदनमा अवरोधबाट आफूहरुले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसँग पनि छलफल गरिसकेको कुरा बैठकमा सुनाए। 

घिमिरेले आजै प्रधानमन्त्रीको पहलमा बस्ने सर्वदलीय बैठकले निकास निकालेर सदन सदन अघि बढ्न सक्ने विश्वास लिए।

‘सभापतिहरुको चयन पनि अझै बाँकी रहेको छ’, उनले भने, ‘अब अहिलेको समस्याको निकास निकालेर अघि बढ्नु उचित हुन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .