ad ad

कला


कलिङ महोत्सवको दोस्रो संस्करण भदौ १५ देखि, दक्षिण एसियाका ३ सय लेखक जमघट हुने

कलिङ महोत्सवको दोस्रो संस्करण भदौ १५ देखि, दक्षिण एसियाका ३ सय लेखक जमघट हुने

नेपालखबर
भदौ ३, २०८० आइतबार १३:२६, काठमाडौँ

‘कलिङ साहित्य महोत्सव’को दोस्रो संस्करण काठमाडौंमा हुने भएको छ। गत वर्षदेखि आरम्भ भएको यो महोत्सव भदौ १५ देखि १७ गतेसम्म काठमाडौंको हिमालय होटमा सञ्चालन हुने छ।

नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरु जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ्ग लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ।

आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकहरूको सहभागिता रहने जनाइएको छ। महोत्सवमा दक्षिण एसियाका कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा चल्नेछ।

महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्तीजस्ता दिग्गजहरु सहभागी हुनेछन्। यस्तै प्रख्यात अभिनेत्री तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, हरहर शम्भो फेम गायिका अभिलिप्सा पाण्डे कार्यक्रमका मुख्य आकर्षणका रुपमा रहेका छन्।

बलिउड सिनेमामा अभिनय गरेर ख्याती कमाएकी अभिनेत्री मनिषा कोइराला महोत्सवको एक सेसनको हिस्सा बन्ने छिन्। सुरक्षा पन्त, गौरी मल्ल लगायतका अभिनेत्रीहरुले नेपाली फिल्म उद्योगका बारेमा बहस गर्नेछन्।

त्यसै गरी भुटानका रिन्झिन रिन्झिन, श्रीलंकाका चमल सञ्जीवा, बंगलादेशका अशरफ ज्वेलसमेत वक्ताको भूमिकामा उपस्थित हुनेछन्।

‘शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल’लाई केन्द्रीय  स्वर बनाइएको महोत्सवको यसै संस्करणबाट १२ विधामा १२ लेखकहरूलाई यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने पनि जनाइएको छ।

यो महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो। दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिने केएलएफकी संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले विश्वास व्यक्त गरेकी छिन्।

‘पहिलो संस्करणजस्तै दोस्रो संस्करणमा पनि हामीले नेपालको बृहद् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराहरूबारे विश्लेषण गर्ने  र विश्वकै सोचको केन्द्रको रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौं, काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले बताइन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .