राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गत साउन १० गतेदेखि अड्किएको संसद्को गाँठो तत्कालै फुक्ने छाँट आफूले नदेखेको बताएका छन्।
आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले आयोजना गरेको छलफलपछि बोल्ने क्रममा उनले यसो भनेका हुन्।
सभामुखसँगको छलफलले निष्कर्ष नदिए पनि संसद्को गाँठो फुकाउन सबैले शीर्ष नेताहरुसँग कुरा गर्ने बताएका थिए।
‘आशा गरौँ शीर्ष नेताहरुसँगको छलफलबाट यो कुरा टुंगिनेछ’, उनले भने, ‘संसद् खुलेर सबै दलहरुले आफ्ना कुरा राख्न पाउनेछन् भन्ने लाग्छ।’
तर केही दिनयताका गतिविधि हेर्दा संसद्को समस्या सुल्झिने आफूले महसुस नगरेको बताए।
‘तर पछिल्ला गतिविधि हेर्दा तत्काल संसद् खुल्ला जस्तो देखिँदैन’, उनले भने, ‘तै पनि आशा गरौँ केही हुन सक्छ।’
45
Shares

प्रतिक्रिया