वामपन्थी नेता स्वनाम साथीका संकलित रचनाहरुको संग्रह ‘स्वनामका संकलित रचना’ सार्वजनिक भएको छ।
निनु चापागाईंले सम्पादन गरेको यो पुस्तकलाई मार्क्सीय गुरुकुलले प्रकाशन गरेको हो।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैध किरणको प्रमुख आतिथ्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
नेता वैधसँगै माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेल, पुस्तकका सम्पादक निनु चापागाईं र वामपन्थी नेता रमेश सुनुवारले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रममा माओवादी नेता पोखरेलले स्वनामका मौलिक विचारलाई बुझ्न र कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको एउटा कालखण्डको इतिहास अध्ययन तथा अनुसन्धान गर्न पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पुस्तकमा विभिन्न कालखण्डमा स्वनामले लेखेका २२ लेख र ८ वटा अन्तर्वार्ता समावेश गरिएको छ।
Shares

प्रतिक्रिया