ad ad

राजनीति


एमालेले बिदा गर्‍यो यी ६ केन्द्रीय सदस्यलाई

एमालेले बिदा गर्‍यो यी ६ केन्द्रीय सदस्यलाई

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०८० शनिबार ६:३३, काठमाडौँ

नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। एमालेले केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोदनारायण यादवलाई केन्द्रीय कमिटीबाट हटाएको हो।

उनीहरूले नै पार्टी केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेकाले केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको एमालेले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा उल्लेख गरिएको छ। 

यस्तै स्वास्थ्य लगायतका कारण अन्य चार केन्द्रीय सदस्यलाई पनि केन्द्रीय कमिटीबाट बिदा गरिएको एमालेले जनाएको छ। एमालेको अपानिअनुसार केन्द्रीय सदस्यहरू अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई केन्द्रीय सदस्यबाट हटाइएको हो। 

यस्तै लामो समयदेखि पार्टीको काममा संलग्न नदेखिएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने एमालेको अपानिमा उल्लेख गरिएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .