ad ad

राजनीति


संसद्‌ अवरोध हुँदा संसदीय प्रणालीमाथि नै प्रश्न उठ्यो : सभामुख घिमिरे

संसद्‌ अवरोध हुँदा संसदीय प्रणालीमाथि नै प्रश्न उठ्यो : सभामुख घिमिरे

नेपालखबर
भदौ १, २०८० शुक्रबार २१:१६, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद्माथि जनताको वितृष्णा बढ्दै गएको टिप्पणी गरेका छन्। शुक्रबर संसद् सञ्चार सम्बन्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् नचल्दा व्यवस्थामाथि नै उपेक्षा गर्नेहरूलाई प्रश्न गर्न सहज भएको टिप्पणी गरे। 

‘संसद्प्रति जनताको वितृष्णा बढ्दै गएको छ। यो व्यवस्थामाथि नै उपेक्षा गर्नेहरुलाई प्रश्न खडा गर्न सहज भएको छ,’ उनले भने। 

साथै, उनले संसद् खुलाउनेबारे आज (शुक्रबार) बिहानमात्रै प्रधानमन्त्री प्रचण्डसँग वार्ता गरेको जानकारी गराए। 

‘आज बिहानमात्र प्रधानमन्त्रीसँग कुराकानी गरेर उठेको छु। संसद्प्रति जनताको वितृष्णा बढेर गएको छ। यसले काममा पारेको असर त छ तर संसदीय प्रणालीमाथि नै प्रश्न खडा भइसक्यो,’ सभामुख घिमिरेले भने। 

उनले यो दुई दिनको समयमा सक्दो प्रयत्न गर्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि बताए। 

‘यो दुई दिनको बीचमा धेरै प्रयत्न गरौं। निष्कर्ष निकाल्न सकियोस्। संसद्लाई सबै समस्या छलफल गर्ने ठाउँ बनाऔं। विरोध पनि त्यही गरौं सहमति पनि त्यही गरौं भनेर कुराकानी भएको छ,’ उनले भने, ‘यति हुँदा पनि सत्ता र प्रतिपक्षी जे कुरामा अड्किएको छ, सरकार पनि छानबिन समिति बनाउन तयार छैन र प्रतिपक्षी पनि तयार भएको छैन।’

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले बारम्बार अवरोध गर्दा संसद पटक पटक स्थगित हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .