राजनीति


सत्ता प्राप्ति राप्रपाको प्राथमिकतामा छैन : राजेन्द्र लिङ्देन (भिडिओ)

सत्ता प्राप्ति राप्रपाको प्राथमिकतामा छैन : राजेन्द्र लिङ्देन (भिडिओ)

नेपालखबर
साउन २७, २०८० शनिबार १३:४७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन्।

शनिबार ३४औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन्। 

उनले कांग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताए। उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरुमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए। 

अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताए।

‘डा. सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो। अहिले नै किन कार्यान्वयन गरियो? यति नै बैला , सुनिल शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरू र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरूमाथि औंला उठाउनु भयो,’ लिङ्देनले भने, ‘फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ, राप्रपाले अहिले सत्तालाई प्राथमिकतामा राखेको छैन।’

अध्यक्ष लिङदेनले नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad