राजनीति


जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित

जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित

नेपालखबर
साउन २७, २०८० शनिबार १३:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरप्रति चिन्ता व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा भएको २४औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक रहेको बताए। 

‘विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवात जस्ताको परिणाम विश्वभर नै देखिन थालेको यस परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बन्डाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी छ।’

उनले अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवातको परिणाम विश्वभर नै देखिन थालेको भन्दै दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बनडाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको पनि बताए। 

उनले बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध रहेको बताए।

‘हाम्रा हिमश्रृंखलाहरूमा हिउँ पग्लिएर कालापत्थरहरू मात्र देखिन थालेको यस विषम परिस्थितिमा हाम्रो विकास निर्माण सम्बन्धी दृष्टिकोणलाई पनि प्रकृतिमैत्री र दीर्घजीवि बनाउन आवश्यक छ,’ उनले भने, ‘बाढी पहिरो र मानवीय त्रुटीको करण हुने अनेकौँ दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध छ। वातावरुण संरक्षण र संवद्र्धनमा युवाहरुको साथ र सहयोग आवश्यक छ।’

प्रधानमन्त्री प्रचण्डले युवाहरूमा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालित गर्दै समतामुलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad