ad ad

राजनीति


सुन तस्करीमा मन्त्रीहरुबारे प्रश्न उठाएको प्रतिशोधमा सुनिल शर्मालाई समातियो : अर्जुननरसिंह केसी

सुन तस्करीमा मन्त्रीहरुबारे प्रश्न उठाएको प्रतिशोधमा सुनिल शर्मालाई समातियो : अर्जुननरसिंह केसी

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८० शुक्रबार १६:३९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले साउन ३ गते बरामद भएको तस्करीको सय केजी सुन प्रकरणमा विभागीय मन्त्रीहरुको भूमिकाबारे कुरा उठाउँदा अर्का सांसद सुनिल शर्मालाई पक्राउ गरिएको बताएका छन्। 

‘त्यत्रो सुनकाण्ड छाडेर सरकारले सांसद सुनिल शर्मालाई समातेको छ। सुनिल शर्मा पक्रेको जानकारी संसद्लाई आएन’, उनले भने, ‘२७ वर्षपछि यो केसमा सरकारले प्रतिशोध साँधेको छ। जब उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्नु भयो तब समातियो। सुनिल शर्मा भागेर जाँदैन थिए।’

उनले शर्मामाथि कारबाही गर्ने हो कि होइन त्यो कानुनी पाटो भए पनि ललिता निवास र सुन तस्करी प्रकरण छाडेर सरकार अहिले आफूविरुद्ध बोल्नेलाई तह लगाउनेतिर लागेको बताए। 

‘सुनिल शर्मामाथिको कारबाही प्रतिशोधका लागि हो’, उनले भने, ‘सुन तस्करीको नेक्ससमा सबै दलको मिलेमतो छ। शर्माको शैक्षिक प्रमाणपत्रको १९९६ को कुरा ०७२/७३ मा पनि छाबनिन भयो। त्यसबेला केही नभेटिएपछि छाडियो। अहिले आएर संसद्‍मा सुनकाण्डबारे कडा अभिव्यक्ति दिइरहनु भएको बेला समातिनु प्रतिशोधका लागि हो।’

सीआईबीलाई नै अघि सारेर गरिएको यो प्रतिशोधपूर्ण कार्यबारे आफूले कांग्रेस संसदीय दलको बैठकमा पनि उठाउको बताए। 

‘सुन र ललिता निवासको यत्रो ठूलो जिम्मेवारी हुँदा हुँदै सुनिल शर्मामाथि त भोलि पनि कारबाही गर्न सकिने कुरा हो’, उनले भने, ‘ठूला मुद्दा ओझेलमा पार्ने योजनासहित अहिले जुन ढंगले कारबाही गरियो, त्यो पूर्वाग्राही र नियोजित छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .