ad ad

समाज


स्वास्थ्यमन्त्रीको दाबी : अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन

स्वास्थ्यमन्त्रीको दाबी : अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८० शुक्रबार १६:४५, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन्।

शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताएका हुन्।

उनले अब एकजना मान्छे पनि पैसा नभएको कारणले अस्पतालको बरण्डामा आत्महत्या गर्नु नपर्ने बताए।

उनले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताए।

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालय जस्तो नभई अस्पताल जस्तो भइरहेको पनि बताए।

उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे।

द्वन्द्वकालका घाइतेहरुको उपचार गर्न मन्त्रालय तयार रहेको उनको भनाइ  थियो।

मन्त्री बस्नेतले सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताए।

उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरुमा सुधार आइरहेको बताए।

अस्पतालहरुले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रवन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाइ छ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरु दुर्गम ठाउँमा पनि सेवा दिन जान थालेका बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .