ad ad

राजनीति


संसद्‌मा फेरि एमालेको अवरोध, बुधबारका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

संसद्‌मा फेरि एमालेको अवरोध, बुधबारका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै नेकपा एमालेका सांसदहरू (तस्बिर : रासस)


नेपालखबर
साउन २३, २०८० मंगलबार १८:४२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले आज पुनः बैठक अवरुद्ध गरेको हो। 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले यसअघि पनि पटक पटक संसद् बैठक अवरोध गर्दै आएको थियो। 

दुई दिनसम्म तीन चरणमा चलेको तीन दलका शीर्ष नेताहरूको बैठकपछि आज एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको थियो। 

सोही अनुसार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले जवाफ पनि दिएका थिए। तर, उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले पुनः संसद् बैठक अवरोध गरेको हो।

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .