ad ad

राजनीति


संसद्‍मा राजेन्द्र लिङ्देन : संसद्लाई तीन दलका नेताका पछिपछि हिँड्न बाध्य पारियो

संसद्‍मा राजेन्द्र लिङ्देन : संसद्लाई तीन दलका नेताका पछिपछि हिँड्न बाध्य पारियो

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार १७:१६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दलका नेताहरुका कारण संसद् बन्धक बन्दै गइरहेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले संसद्‍मा अरु पनि दलहरु रहेको बताउँदै तीन दलले त्यो कुरा स्वीकार्नुपर्नेमा जोड दिए।

लिङ्देनले जनताद्वारा निर्वाचित सार्वभौम संसद्लाई तीन दलका नेताहरुको पछि पछि लुरु लुरु हिँड्न बाध्य नबनाउन पनि आग्रह गरे।

‘तीन दलका नेताहरुको साउती र वार्ताका नाममा संसद्‍लाई बन्धक बनाउन पाइँदैन’, उनले भने, ‘हामी तीन दलका नेताको पछि पछि लुरु लुरु हिँढ्न बाध्य छैनौँ।’

सम्बोधनका क्रमम लिङ्देनले साउन ३ गते बरामद भएको १०० केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले माग गर्दै आएको उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नहुँदा शंका गर्ने ठाउँ भएको पनि बताए। 

‘एमालेले माग गरेको उच्चस्तरीय छानबिन समिति बनाउन सरकार किन डराएको?’, उनले भने, ‘उच्चस्तरीय समिति बनाएर सुन तस्करी प्रकरणलाई निचोडमा पुर्‍याउँदा केही फरक पर्दैन, सरकार नडराए हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .