ad ad

राजनीति


शीर्ष नेतृत्वमा भएन सहमति, सभामुखसहित बालुवाटारमा भोलि बैठक

शीर्ष नेतृत्वमा भएन सहमति, सभामुखसहित बालुवाटारमा भोलि बैठक

नेपालखबर
साउन २२, २०८० सोमबार १७:३०, काठमाडौँ

संसद्‌मा नेकपा एमालेले गरेको अवरुद्ध खुलाउनेगरी सभामुख देवराज घिमिरेले सोमबार राखेको दुई चरणको छलफलमा सहमति हुन नसकेपछि मंगलबारका लागि पुनः बैठक बोलाइएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहितको उपस्थितिमा मंगलबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो। 

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्ष र नयाँ बानेश्वरस्थित संसद् भवनमा दुई चरणमा छलफल भएको थियो। प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व र प्रमुख सचेतकसहितको बैठकमा सोमबार सहमति जुट्न सकेन।

संसद् बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। 

‘भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ,’ सभामुख घिमिरेले भने, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .