ad ad

राजनीति


सभामुखले भने- सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन

सभामुखले भने- सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन

नेपालखबर
साउन २२, २०८० सोमबार १७:४९, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद् बैठक संचालन गर्नका लागि आफूले अधिकतम रुपमा लचिलो भएर सहमति गर्नका लागि आफूले सकारात्मक दबाब दिइरहेको बताएका छन्। 

नयाँ बानेश्वरमा बसेको दोस्रो चरणको छलफलपछि सभामुख घिमिरेले सहमतिको विकल्प नभएको भन्दै संसद् अवरोध हुँदा जनताका आवाज रोकिएको बताए। 

‘सहमतिको विकल्प छैन। संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन्,’ सभामुख घिमिरेले भने, ‘माननीयहरूले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधितकतमरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु।’

दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा आफू उभिँदै आएको उनले बताएका छन्। 

‘यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो। तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन,’ सभामुख घिमिरेले भने, ‘आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं।’

संसद्को अवरोध खुलाउन पहल गरेकोमा आफूलाई प्रधानमन्त्रीले धन्यवाद दिएको उनले बताए। 

‘आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गर्नुभयो। तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन,’ उनले भने, ‘भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ।’

संसद् बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। 

त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहितको उपस्थितिमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .