ad ad

राजनीति


संसद्‍को अवरोध खुलाउन सभामुखको कार्यकक्षमा जुटे नेताहरु

संसद्‍को अवरोध खुलाउन सभामुखको कार्यकक्षमा जुटे नेताहरु

सभामुखको कार्यकक्षमा नेताहरु। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
साउन २२, २०८० सोमबार १२:४२, काठमाडौँ

संसद्‌‌मा जारी अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले सोमबार मध्यान्ह शीर्ष दलका नेताहरूसँगको बैठक राखेका छन्। 

 

अहिले मध्यान्ह साढे १२ बजेदेखि सभामुखले शीर्ष नेताहरुसँग वार्ता गरिरहेका छन्।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएपछि सहमतिका लागि सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी नेताहरुसँग संवाद गरेका हुन्।

उक्त छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले दलका उपनेता सुवास नेम्वाङ र सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्। 

यसअघि गत आइतबार सभामुख घिमिरेले सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गरेका थिए।

तर सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्ना अडान नछाडेपछि सहमति हुन सकेन।

यसैकारण सोमबार मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बस्ने तय गरिएको सभामुखको सचिवालयले जनाएको छ। 

सुन प्रकरण अनुसन्धानका लागि प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने बताइरहेको छ।

 सत्तापक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयअनुसार नै भ्रष्टाचार अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक नपर्ने अडान लिइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .