ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डभन्दा अगाडि चीन जाँदैछन् उपराष्ट्रपति यादव

प्रधानमन्त्री प्रचण्डभन्दा अगाडि चीन जाँदैछन् उपराष्ट्रपति यादव

नेपालखबर
साउन २१, २०८० आइतबार १९:३२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमण अगावै उपराष्ट्रपति रामसहाय यादवको चीन भ्रमण हुने भएको छ।

दक्षिणी चीनको कुन्मिङमा आगामी हप्ता हुन लागेको ‘साउथ एसियन एक्सो’ मा सहभागी हुनेगरी उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लागेका हुन्। 

चीनले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो एक्सोको यसपटक सातौँ संस्करण हो, जसको यस वर्षको मुख्य विषय सोलिडारिटी एण्ड कोअपरेशन फर कमन डेभलपमेन्ट’ तय गरिएको छ। 

चीनको वाणिज्य मन्त्रालय र युनान प्रोभिन्स सरकारले सो एक्सो गर्न लागेका हुन्। सो एक्स्पोसँगै ‘कुन्मिङ एक्स्पोर्ट एण्ड इम्पोर्ट फेयर’ कार्यक्रम पनि आयोजना हुँदैछ। 

‘एक्पोमा सहभागिताका लागि मित्रराष्ट्र चीनले उपराष्ट्रपति यादवलाई निमन्त्रणा पठाइसकेको छ, त्यसैअनुरुप उहाँको चीन भ्रमणको तयारी सुरु भइसकेको छ,’ स्रोतले भन्यो, ‘तर, यसको घोषणा भने भइसकेको छैन।’ 

यसअघि सो एक्स्पोमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र त्यसअघिका उपराष्ट्रपति परमानन्द झाले सहभागिता जनाइसकेका छन्। 

३१ साउनदेखि ३ भदौसम्म सुरु हुने एक्स्पोमा यसपटक नेपालका उपराष्ट्रपतिका अलावा बर्मा (म्यानमार)बाट उच्च सहभागिता हुने बताइएको छ।

‘उपराष्ट्रपतिको चीन भ्रमणको घोषणा नभएपनि नेपालको प्रतिनिधित्व उपराष्ट्रपति यादवले नै गर्ने पक्कापक्कीजस्तै छ’ स्रोतले भन्यो, ‘सम्पूर्ण तयारी सकिएपछि उहाँको चीन भ्रमणको घोणणा हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .