ad ad

राजनीति


प्रचण्ड–मोदी टेलिफोन वार्ता : चामल र विस्फोटक पदार्थ निर्यात खुला गर्न भारत तयार

प्रचण्ड–मोदी टेलिफोन वार्ता : चामल र विस्फोटक पदार्थ निर्यात खुला गर्न भारत तयार

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८० आइतबार ९:२७, काठमाडौँ

भारतले नेपालका लागि चामल र विस्फोट पदार्थ निर्यात खुला गर्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको टेलिफोन वार्तामा चामल र विस्फोट पदार्थ नेपाल निर्यात गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहमत भएका हुन्।  

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई प्रधानमन्त्रीबीच शनिबार साँझ महत्त्वपूर्ण विषयमा टेलिफोन कुराकानी भएको हो। 

‘प्रधानमन्त्रीज्यूले भारतले नेपालमा चामल आयातमा लगाएको प्रतिबन्धबारे चासो राख्नुभयो’, उनले नेपालखबरसँग भने, ‘जवाफमा भारतीय प्रधानमन्त्री मोदीले त्यो प्रतिबन्ध नेपालका लागि थिएन भनेर तत्कालै खुला गर्ने बताउनुभयो।’

उनका अनुसार शनिबार रातिबाटै भारतले नेपालमा चामल निर्यात खुला गरिसकेको छ। चामल आयातमा प्रतिबन्ध लाग्दा नेपालमा व्यापारीले चामलको भाउ ह्वात्तै बढाएका थिए। 

यस्तै विस्फोटक पदार्थ नेपाल लान पनि नरोकिने भारतीय प्रधानमन्त्री मोदीले बताएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए। 

यसअघि भारतले विस्फोटक पदार्थ निर्यातमा बन्देज लगाएको थियो। जसका कारण नेपालमा निर्माणाधीन सडक, जलविद्युत् तथा तथा सुरुङमार्ग परियोजना प्रभावित भएका थिए। विस्फोटक पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो। 

‘पहिला कुनै पनि समस्या हुँदा समस्या भयो मात्रै भनिन्थ्यो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने, ‘तर अब कुनै पनि समस्या आए समाधानका लागि ‘पीएम टु पीएम’ वार्ताको सुरुवात प्रधानमन्त्रीज्यूले थालनी गर्नुभएको छ।’

यसैगरी प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई बंगलादेश रुट प्रयोग गर्न दिने तथा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने प्रक्रिया पनि छिट्टै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेको आचार्यले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .