ad ad

राजनीति


माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

नेपालखबर
साउन २१, २०८० आइतबार ९:३६, काठमाडौँ

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (आइतबार) पनि बस्दै छ। 

गएको बुधबार (साउन १७) देखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको बैठकमा शनिबारसम्म २ सय भन्दा धेरै केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। 

आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्ने कार्यक्रम छ। 

आज बस्ने बैठकले पार्टीको योजना बनाउने र नेताहरुको कार्यविभाजनको प्रक्रिया अघि बढाउने एक नेताले जानकारी दिए। सम्भवतः बैठक आजै समापन हुने सम्भावना छ।

शनिबारको बैठकमा पार्टीका उपमहासचिवहरु जर्नादन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल लगायतका नेताले आफ्नो धारणा राखेका थिए।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विशेषगरी पार्टी अध्यक्षसमेत रहेका प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका कामकारबाहीको विषयमा चर्चा परिचर्चा भएको छ। 

त्यसैगरी आगामी मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, मुलुकका विभिन्न राजनीतिक विषयमा बैठकमा छलफल भइरहेका छन्।

२२ जना महिला सदस्य थप भएपछि माओवादी केन्द्रको केन्द्रीय समिति सदस्यको संख्या ४०७ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .