ad ad

राजनीति


एमालेमा फर्किएका एकीकृत समाजवादीका केन्द्रीय सदस्य उप्रेतीले गरे औपचारिक पार्टी प्रवेश

एमालेमा फर्किएका एकीकृत समाजवादीका केन्द्रीय सदस्य उप्रेतीले गरे औपचारिक पार्टी प्रवेश

नेपालखबर
साउन २०, २०८० शनिबार १७:५७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्ली उप्रेती नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गरेको पार्टी पुनर्मिलन कार्यक्रममार्फत् उप्रेती एमाले प्रवेश गरेका हुन्। 

उप्रेतीलाई एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले पार्टीमा स्वागत गरे। 

केहीदिन अघि उप्रेती आफैं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। उक्त भेटपछि एमालेमा फर्कने घोषणा गरेका उप्रेती शनिबार आयोजित औपचारिक कार्यक्रममार्फत् एमाले प्रवेश गरेका हु्न।

एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, एमाले सांसद हरि उप्रेती, ज्वाला साहलगायत नेताले सर्लाहीमा मेहनत गरिरहेका थिए। 

सर्लाहीको हरिवन–११ मा आयोजित उक्त कार्यक्रमलाई ‘पार्टी पुनर्मिलन कार्यक्रम’को नाम दिइएको थियो। मधेश प्रदेशसभाका पूर्वसदस्य समेत रहेका उप्रेतीसहित सर्लाहीका दुई दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू शनिबार एमाले प्रवेश गरेको सचिव भट्टराईले जानकारी दिएका छन्। 

तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेती ०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको टिकट नपाएपछि ओलीसँग रुष्ट थिए। सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा भने एमालेले उनलाई उम्मेदवार बनाएको थियो।

त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उनी सर्लाही ३ ९क० बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए। 

४ मंसिर ०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेश सांसदको टिकट पाएका उप्रेतीले चुनाव हारे। 

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएका थिए। 

माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेका जवाहरलाल कुशवाहासँग हारेपछि उनी एमालेसँग नजिकिन थालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .