ad ad

ग्लोबल


अमेरिका–चीन सम्बन्ध सुधारको संकेत, ‘वर्किङ ग्रुप’ गठन गरिने

अमेरिका–चीन सम्बन्ध सुधारको संकेत, ‘वर्किङ ग्रुप’ गठन गरिने

नेपालखबर
साउन २०, २०८० शनिबार १८:१३,

अमेरिका र चीनबीचको सम्बन्धमा स्थिरताको संकेत देखा परेको छ। यी दुई मुलुक विवादास्पद मुद्दाहरुलाई सम्बोधन गर्न आपसी सञ्चारको नयाँ मार्ग खोल्न सहमत भएका छन्।

निरन्तरको तनावका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङ भ्रमण गरेपछि सम्बन्ध सुधारोन्मुख देखिएको हो।

अमेरिका र चीनले एसिया–प्यासिफिक क्षेत्रका मुद्दा तथा समुद्री मुद्दा सम्बोधन गर्न दुई वटा ‘वर्किङ ग्रुप’ गठन गर्नेछन्। अझ बृहत् विषयहरुलाई सम्बोधन गर्न तेस्रो समूह गठन गर्न सकिने बताइएको छ।

अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रमा गरेको गठबन्धन र चीनमा निर्यात प्रतिबन्धहरु लगाएका बेला ताइवानलगायतका विषयमा जारी तनावका माझ यी दुई मुलुकबीच संवादको यस्तो प्रयास भएको हो।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ताइवानका लागि हतियार किन्न संसदसँग थप पैसा माग्ने तयारी गरेको छ। अमेरिकी करदाताको पैसाले ताइवानमा पहिलोपटक हतियार आपूर्ति गर्ने तयारी हुन लागेको हो। 

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ कार्यकारी आदेश मार्फत चीनमा सैन्य प्रयोग हुनसक्ने क्षेत्रमा लगानीमाथि प्रतिबन्ध लगाउने तयारी पनि गरेका छन्।

अमेरिकी र चिनियाँ अधिकारीहरुले वर्किङ ग्रुपका विषयमा थप सहमति आउँदा दिनमा गर्नेछन्। 
चिनियाँ अधिकारी याङ ताओ र अमेरिकी अधिकारीहरुबीच गत सोमबार वासिङ्टनामा यस विषयमा छलफल भएको थियो।

यद्यपि, अन्तिम निर्णय भइनसकेको स्रोतलाई उधृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ।

यस्तो सहमतिको सुरुवात भने नोभेम्बरमा बालीमा बाइडेन र सी चिनफिङको भेटमा भएको थियो। 

तर, त्यसपछि बेलुन काण्डले सम्बन्ध सुधारको प्रयासलाई बिथोलेको थियो।

यस विषयमा आउँदा दिनमा दुई पक्षबीच भेटघाटको शृंखला सुरु हुने बताइएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .