ad ad

राजनीति


एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य एमालेमा फर्किए

एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य एमालेमा फर्किए

नेपालखबर
साउन २०, २०८० शनिबार १५:८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सुवास कर्माचार्य नेकपा एमालेमा प्रवेश गरेका छन्। सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत् उनी एमाले प्रवेश गरेका हुन्। 

उनीसहित एकीकृत समाजवादीका नेताहरूलाई एमाले महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य गोकुल बास्कोटटा, केन्द्रीय सदस्य शेरबहादुर तामाङ लगायतले एमाले प्रवेश गराएका छन्। 

यसअघि नै ८ वर्ष बढी नेकपा एमाले सिन्धुपाल्चोकको नेतृत्व सम्हालेका कर्माचार्य पछिल्लो पटक दशौं महाधिवेनपछि असन्तुष्ट हुँदै विद्रोह गरेका थिए।

सिन्धुपाल्चोक एमालेका स्थापित नेताको छवि बनाइसकेका कर्माचार्यले माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेकाले आफू पुनः एमाले फर्किएको बताएका छन्। 

२०३७ सालदेखि नै वाम आन्दोलनमा लागेका कर्माचार्य सामूहिक रुपमा नै टिमसहित शनिबार एमालेमा फर्किएका हुन्। केन्द्रीय सदस्य तामाङका अनुसार कर्माचार्यसहित १ सय २७ जना एमालेमा समाहित भएका छन्।

एकीकृत समाजवादीको शुक्रबार बसेको बैठकले कर्माचार्यलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .