हलिउडका पुराना अभिनेता मार्क मार्गोलिसको निधन भएको छ। ब्रेकिङ ब्याड र बेटर कल सउलजस्ता लोकप्रिय सिरिजमा उनले अभिनय गरेका छन्।
यी दुवै सिरिजमा उनले हेक्टर सालमान्का नामक चरित्र अभिनय गरेका थिए।
उनी ८३ वर्षका थिए।
बिहीबार न्युयोर्क सहरको माउन्ट सिनाइ अस्पतालमा उनको निधन भएको उनका छोराले जनाएका छन्।
सन् २०१२ उनी ब्रेकिङ ब्याडका लागि एमी अवार्डको मनोनयनमा परेका थिए।
त्यस्तै, उनले चर्चित फिल्म स्कारफेसमा पनि अभिनय गरेका थिए।
निर्देशक डारेन अरोनोफ्स्कीका ६ वटा फिल्ममा उनले काम गरेका छन्।
खलनायक चरित्रमा भिजेका उनको नाममा एक सयभन्दा बढी फिल्म तथा सिरिजको क्रेडिट छ।
मार्गोलिसकी एक पत्नी, छोरा र नातिनातिना छन्। एजेन्सी
72
Shares
प्रतिक्रिया