काठमाडौंमा जारी सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज चौथो दिनमा प्रवेश गरेको छ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका हुन्। हरेक सदस्यलाई बोल्न ५ मिनेटको समय दिइएको छ।
माओवादी केन्द्रीय समिति ४०७ सदस्यीय बनाइएको छ। यसअघि ३८५ सदस्य रहेकामा ३५ प्रतिशत महिलाको संख्या पुर्याउन २२ जना महिला सदस्य थपिएका हुन्। उनीहरू पनि शुक्रबारदेखि बैठकमा सहभागी भइरहेका छन्।
यही साउन १७ गते सुरु माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन २१ सम्म चल्नेछ।
बैठकको चाैथाे दिन हेर्नुहोस् यी तस्बिरमा-
54
Shares
प्रतिक्रिया