प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेकपाले सभामुखमा चयन गरेको व्यक्तिप्रति असहमति प्रकट गरेको छ।
दल, सरकार भन्दा संसदको नेतृत्व फरक कुरा भएको भन्दै कांग्रेसले संसदको नेतृत्व फरक गरिमा, शालीनता र सन्तुलनको संस्कारगत छवि समेत अनुभूति हुने खालको हुनुपर्ने बताएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पद अनुसारको व्यक्ति छनौट गर्न नसके पदको गरिमा धरापमा पर्नुका साथै राजनीतिप्रति नै वितृष्णा बढ्ने बताएका छन्।
उनले नेकपाले सभामुखको उम्मेदवार तोकेका अग्निप्रसाद सापकोटाको नामै नलिइकन अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै राजनीतिक दल या सांसद विचाराधीन मुद्दामा उत्मुक्ति दिने थलो हुनभन्ने प्रश्न समेत उठाएका छना्।
‘राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुन्छन्। कुन पदमा कस्तो प्रवृत्ति? छनौट उचित भएन भने त्यो पदको गरिमा त धरापमा पर्छ नै राजनीतिप्रतीनै थप वितृष्णा बढ्छ। श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सद्बुद्धि प्रदान गरुन्’, सोमबार सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता शर्माले ट्विट गर्दे भनेका छन्, ‘दल या सरकारको नेतृत्वभन्दा संसदको नेतृत्व फरक गरिमा, शालीनता र सन्तुलनको संस्कारगत छवि समेत अनुभूति हुनुपर्ने जिम्मेवारी हो। सत्य निरुपणको टेबुलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधीन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनैतिक दल या संसद?’
दल या सरकारको नेतृत्व भन्दा `संसद´ को नेतृत्व
फरक गरिमा,सालिनता र सन्तुलनको संस्कारगत छवि समेत अनुभुती हुनुपर्ने जिम्मेवारी हो l
सत्य निरुपणको टेबुलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधीन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनैतिक दल या संसद ??
सत्तारुढ दल नेकपाले आइतबार अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो। कांग्रेसले सांसद पुष्पा भुसाललाई सभामुखको उम्मेदवार बनाउने तयारी छ।
Shares

प्रतिक्रिया